Techie IT
Mission Khabar

एक वर्षअघि बाढी र पहिरोबाट घरबारविहीन भएकालाई बल्ल राहत रकम


काठमाडौं । एकवर्षअघि बाढी र पहिरोबाट घरबारविहीन बनेकाहरुका लागि सरकारले बल्ल राहत रकम पठाएको छ । बाढी र पहिरोले घर तथा भवनमा क्षति पुगेका अनि बाढी पहिरोबाट विस्थापित परिवारलाई घर बनाउन सरकारले सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिमा एक वर्षपछि रकम पठाएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन रकम पठाइएको जानकारी दिएको छ । गत वर्ष मनसुनमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुगेको थियो । गत वार्ष सिन्धुपाल्चोकका ८ सय ३९ घरपरिवार विस्थापित भएका थिए । यस्तै, कालीकोट, दार्चुला, बाग्लुङ, म्याग्दी, रुकुम, गोरखा, नुवाकोट, लमजुङ, बाजुरा, बझाङ, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्वत, जाजरकोट, रोल्पा, कास्की, स्याङ्जा, तनहुँ, मकवानपुर र मोरङमा पनि बाढी र पहिरोले ठूलो क्षति पुगेको थियो । यी जिल्लाका प्रभावित व्यक्तिहरुको घर बनाउन तथा जग्गा नभएकाहरुलाई जग्गा व्यवस्थापन गर्न पहिलो किस्ता स्वरुप ३० करोड हाराहारी पठाएको छ । बाढी तथा पहिरोबाट प्रभावितहरु अहिले पनि पाल तथा टिनको छानामा ओत लाग्दै आएका छन् ।

यस्तो छ लाभग्राही र राहत वितरणको अवस्था : 


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्