Techie IT
Mission Khabar

यी पाँच प्रदेशमा आज भारी वर्षा, सतर्कता अपनाउन अपिल


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव देशभर कायम रहेको भन्दै सतर्कताका लागि अपिल गरेको छ । महाशाखाले मौसम बुलेटिन जारी गर्दै आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो । अहिले पनि देशका विभिन्न स्थानमा पानी गरिरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन\चट्याङसहित भारी वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ । यस्तै, आज राति पनि प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन\चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार पछिल्लो केहीदिन यता देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १,वाग्मती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १,वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्गसहित भारी भारी वर्षाको सम्भावना रहेको हुँदा सो क्षेत्रका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अपिल गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्