Techie IT
Mission Khabar

अमेरिकाले अनुदानमा दियो नेपाल सरकारलाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप


काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

विमानस्थलमा सम्मेलन मार्फत अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको थियो । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराउने घोषणा गरेको खोप राष्ट्रपति विद्यादेवी भण्डारीको पहलका कारण नेपाल आइपुगेको अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले जानकारी दिनुभयो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्