Techie IT
Mission Khabar

१० बुँदे सहमतिको मसि सुक्न नपाउँदै असन्तुष्टिका स्वर


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि हुने सहमतिको व्याख्या स्वीकार्य नहुने बताउनुभएको छ । वरिष्ठ नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पार्दै सहमतिको गलत ब्याख्या स्विकार्य नहुने बताउनुभएको हो ।

नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरि आउने कुनै पनि टिप्पणी वा सहमतिको व्याख्या स्वीकार्य नहुने भन्दै त्यसको निन्दा गर्नुभएको छ । एमालेको एकता कार्यदलले आइतबार अबेर राति १० बुँदे सहमतिमा हस्ताक्षर गरेसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकोप्रति असन्तुष्टि जनाउँदै नेपालले खण्डन गर्नुभएको हो । राति सहमति भए पनि सोमबार बिहान नहुँदै विवाद सुरु भएको छ।

एमाले नेता भीम आचार्य योगेश भट्टराई लगायतले १० बुँदे सहमतिको नियततिर नजाऔं, सबैले इमान्दारीपूर्वक कार्यान्वयन गरौं भन्दै अभिव्यक्ति दिइरहँदा नेपाल पक्षकै अर्का नेता राजेन्द्रकुमार राईले पार्टी जेठ २ मा फर्काइएको छैन, विद्रोह र समानान्तर गतिविधि जारी छ भन्दै प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’

संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई यसअघि नै सकिएको छ र आज फैसला आउँदै छ । यो अवस्थामा रातारात सहमति भएको भन्दै गरिएको प्रचारलाई नेपाल पक्षका धेरै नेताहरुले अध्यक्ष एवंम प्रधानमन्त्री ओलीको धुर्त खेलका रुपमा शंकाको नगरले हेर्दै आएका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्