Techie IT
Mission Khabar

कांग्रेस सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्री नियुक्त हुँदै, कस्तो बन्ला मन्त्रिमण्डल ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिदैछन् । राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तय गर्दै तयारी थालेको हो ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । यसअघि नै चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवाको यो पाँचौ इनिङ हुनेछ । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । देउवा लगायतका विपक्षी गठबन्धनका दलहरु आन्तरिक परामर्शमा व्यस्त रहेका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुने भएसँगै आगामी मन्त्रिमण्डल कस्तो बन्ला भनेर चासो बढ्न थालेको छ । विपक्षी गठबन्धनको सरकार बन्ने भएसँगै मन्त्रीका आकांक्षीहरु बढ्न थालेका छन भने भागबण्डाको विषयमा आन्तरिक गृहकार्य तिब्र पारिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्