Techie IT
Mission Khabar

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आजबाट खोप अभियान सुरु


काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आजबाट कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने निर्णय गरेसँगै आजबाट खोप अभियानले निरन्तरता पाउने भएको हो ।

मन्त्रालयको निर्णयअनुसार गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा १ लाख १४ हजार डोज खोप पठाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयहरुले जिल्ला–जिल्लामा खोप पठाइसकेको जानकारी दिएका छन्। स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि भेरोसेल खोप लगाइने जानकारी दिनुभयो । अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि खोप अभियानमा समेटिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जोन्सन एण्ड जोन्सन खोप समेत लगाइदै
‘क’ र ‘‘ख’ वर्गका अपांगता भएका व्यक्तिलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ भने नेपालमा बसिरहेका शरणार्थीलाई पनि अमेरिकी खोप नै लगाइने छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि यही खोप लगाउने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुदानको खोपका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिदै थप खोपका खरिदमा सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्