Techie IT
Mission Khabar

१०४ राष्ट्रमा डेल्टा भेरिएन्टको प्रकोप, भयावह रुप लिनसक्ने डब्लुएचओको चेतावनी


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट फैलिएको दाबीसहित जनस्वास्थ्यका मापदण्डमा बेवास्ता गरिए यसले भयावह रुप लिने चेतावनी दिएको छ । डब्लुएचओका प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले पछिल्लो समय डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकाले धेरै देशहरु प्रभावित हुन सक्ने बताएका हुन् ।

बिगतको १० साता विश्वभर संक्रमण दर घटेका बेला पछिल्लो समय यो भेरिएन्ट निकै सक्रिय रहेको अनुसन्धानबाट खुलेको भन्दै गेब्रेयेसुसले नियन्त्रणको तयारीलाई तिब्रता दिन निर्देशन दिएका छन् । यो भेरिएन्टले कोरोनाको खोप नलगाएका व्यक्तिहरु बढी संक्रमित हुने गरेको भन्दै खोप अभियानलाई तीव्रता दिन उनले सुझाव दिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्