Techie IT
Mission Khabar

निर्वाचन आयोगले रद्ध गर्यो निर्वाचन कार्यतालिका


काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेका सबै निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो ।

प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको जानकारी दिए । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटको फैशला आउनैलाग्दा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएपछि आयोगमाथी ओली सरकारको छाँया परेको भन्दै आलोचना भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्