Techie IT
Mission Khabar

विशेष अदालतले घर ठेगाना पत्ता लगाउन नसकेका गच्छदार १० लाख धरौटीमा रिहा


काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएर अख्तियारको मुद्दा खेप्दैआएका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।

गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो । विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिन पुगेका थिए । विशेष अदालतले यसअघि गच्छदारको सुनसरीस्थित घर ठेगानामा विशेष अदालतले म्याद तामेली गरेको थियो । तर उक्त ठेगानामा बसोबास नगर्ने पाएपछि एक महिनाअगाडि अख्तियारमा अर्को ठेगाना भए पठाइदिन आग्रह गर्दै पत्र पठाइएको थियो ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्