Techie IT
Mission Khabar

अधिवक्ता खम्बबहादुर खाती महान्यायाधिवक्ता नियुक्त


काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

लामो समयदेखी ओकालत गरिरहेका खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाईका क्रममा अधिवक्ता खातीले रिट निवेदकको पक्षबाट देउवाको पक्षमा खरोे बहस गरेका थिए ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्