Techie IT
Mission Khabar

सार्वजनिक यातायात र यात्रुले पालना गर्नुपर्ने सरकारी निर्देशनहरु


काठमाडौं । काठमाडौँ उपत्यकामा १० साउनसम्म लम्ब्याएको निषेधाज्ञामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको छ । तर सरकारले जारी गरेको मापदण्ड पालनामा सार्वजनिक यातायात र अधिकांश व्यवसायीहरुले बेवास्ता गर्दैआएका छन् ।

यस्तै गुनासोका आधारमा बिहीबार उपत्यकाका तीनै जिल्ला प्रमुख बसेको बैठकले सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिएको थियो । बैठकले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, सवारी चालक तथा सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने निर्णय गरेको छ । यस्तै, गाडीको ढोकामा अनिवार्य रुपमा स्यानिटाइजर राख्नुपर्ने र अनिवार्य सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने भनिएको छ ।

सफा टेम्पो तथा निलो माइक्रोको हकमा थप कडाई गरिएको छ । सफा टेम्पोले पछाडिको तेस्रो सिटमा ४–४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी राख्न नपाउने भनिएको छ । सवारीको मध्यभागमा दुईतर्फी यात्रु छुट्याउने गरी बीचमा प्लास्टिक छेकबार लगाएर मात्र यात्रु बोक्न भनिएको छ । यो प्लास्टिक छेकबार भने अधिकांश ट्याम्पोमा लागू गरिएको छ ।

उपत्यकाभित्र सञ्चालन हुने निजी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गरी सञ्चालन गर्नुपर्ने भनिएको छ । सरकारले निर्देशन दिए पनि अधिकांश सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्