Techie IT
Mission Khabar

किन परे काँग्रेस केन्द्रीय सदस्य घिमिरे गुण्डा नाइके ‘सगुन’ र ‘झिङ्गे’समूहको आक्रमणमा ?

पूर्वमन्त्री मोहन बस्नेतमाथी समेत संलग्नताको आरोप


काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको क्रियाशिल सदस्यता बिबाद टुंग्याउन गठन भएको समितिका संयोजक तथा पार्टी केन्द्रीय सदस्य श्याम घिमिरे माथि आक्रमण भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को क्रियाशील सदस्यताको बिषयलाई लिएर भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ र झिङ्गे भनिने सञ्जय लामालगायतको समुहले संयोजक घिमिरे माथी हातपात गरेको हो ।

सगुन श्रेष्ठ र झिङ्गे दुबै जना प्रहरीले सार्वजनिक गरेको गुण्डाहरुको सूचीमा क वर्गमा सूचीकृत व्यक्त हुन् । अहिले सगुन श्रेष्ठ र झिङ्गे सिन्धुपाल्चोकका काँग्रेस नेता मोहन बस्नेतको निकट मानिन्छन् । उनकै निर्देशनमा यो घटना घटेको समेत कतिपय कांग्रेस नेताहरुले आरोप लगाइरहेका छन् ।

बिवादको कारण यस्तो 

प्रहरीका अनुसार सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठ, बालकृष्ण बस्नेत, प्रेमध्यज लामा, ज्ञानेन्द्र थापासँगै सानु र सगुनलगायतको समूहले आक्रमण गरेको थियो । छानबिन समितिमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको उजुरी परेको थियो । समितिले समेत उजूरी अनुसारनै सदस्यता बितरण गरेको पाइएको भन्दै नयाँ क्रियाशील सदस्यलाई रद्ध गरी पुरानै सदस्यतालाई मात्रै कायम गर्ने निर्णय गरेपछि विवाद बढेको थियो । यहि बिवाद बढ्दै जाँदा काठमाडौंको गौशाला पिंगलास्थानमा घिमिरेमाथि हातपात भएको हो । सिन्धुपाल्चोकका नेता एवं पूर्वसञ्चारमन्त्री मोहन बस्नेतको संरक्षकत्वमा रहेका श्रेष्ठको नेतृत्वमा खटिएका एक दर्जन युवाले नेता घिमिरेमाथि हातपात गरेका थिए ।

को हुन झिंगे र श्रेष्ठ ?

घिमिरेमाथीको आक्रमण संलग्न रहेका झिङ्गे बौद्धलाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त समेत गरेको थियो ।

यो घटनाले कांग्रेस नेताहरु पनि गुण्डागर्दीको आडमा आफ्नो संगठन विस्तार र हैकम जमाउन उद्धत छन भन्ने देखाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्