Techie IT
Mission Khabar

पश्चिम युरोपमा बाढीका कारण १ सय २० जनाले ज्यान गुमाए, सयौँ बेपत्ता


एजेन्सी । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय २० पुगेको छ । ज्यान गुमाउनेमध्ये पनि अधिकांश जर्मनीका रहेको बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन । सयौँ घर बग्दा सयौँ सर्वसाधारण अझपनि बेपत्ता रहेको अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेको बीबीसीले जनाएको छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको जानकारी दिएका छन् । एक महिनामा पर्नुपर्ने पानी २४ घण्टाभित्रै परेको मौसम विभागको तथ्यांकले देखाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो देशमा गएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएकी छन् । उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न सबै सरकारी निकायलाई निर्देशन दिएकी छन् ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्