Techie IT
Mission Khabar

पछिल्लो २४ घण्टामा २,४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु


काठमाडौं । २०७६ चैतबाट सुरु भएको कोरोना महामारीको त्रास हझै हटेको छैन । कोरोना रोकथामका लागि लामो समय बन्दाबन्दीको साहारा लिइए पनि जनस्वास्थ्यका मापदण्ड पालनामा भैरहेको बेवास्ताले हामी जोखिममै छौँ ।

केही ओरालो लागेको कोरोना दर फेरि उकालो लाग्न थालेको छ । पछिल्लो  २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२ सय ५८ रहदा यहि अवधिमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्