Techie IT
Mission Khabar

स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह बन्यो गोदावरी नगरपालिका


ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगर स्काउट नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई दिक्षान्त गर्ने पहिलो नगरपालिका बनेको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि पहिलो पटक ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दिक्षान्त गराएको हो ।

नगर स्काउटले बिहिवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दिक्षित गरेको छ । अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीले ओली सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितीगत रुपमा निर्णय गरेर प्रक्रिया अगाडी बढाएको जानकारी गराउँदै देउवा सरकारले यसका कार्यान्वयनमा भुमिका खेल्नुपर्ने बताउनुभयो । भण्डारीले विगत देखि नै स्काउटले विपद् ब्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएको र स्काउटसँगको आवद्धताले स्वयंसेवा भावनाको विकास मात्र नगरी बौद्धीक, नैतिक र सामाजिक विकाश हुने जिकिर गरेका थिए । गोदावरी नगरपालिकाले नितिगत रुपमा नै स्काउटका लागि बजेट विनियोजन गरेर देशभरका स्थानीय तहलाई सकारात्मक संदेश दिएकोे उनले जिकिर थियो ।

कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै वरिष्ठ संचारकर्मी एबम प्राइम टाइम्स टेलिभिजन र रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे । अनुशासनमा कसरी बस्ने, अनुशासन के हो ? स्काउट बाट सबैले सिक्नुपर्ने धमलाले बताए । आगामी दिनमा संचार जगत र स्काउटले सहकार्य गर्दै स्काउटका गतिविधिहरु जनताको माझ पुराउन सबै संचारकर्मीहरुले भुमिका खेल्नुपर्ने धमलाको सुझाब थियो । नेपाल पत्रकार महासघंका महासचिव रोसन पुरीले विपद्मा स्काउटले खेलेको भुमिकाको प्रशसा गर्दै स्काउटका गतिविधि जनताको माझ पुर्याउन आगामी दिनमा स्काउट र पत्रकार महासंघबिच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको सभापति समेत रहेका संरक्षक एवम नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर आफूहरुले भुमिका खेल्ने बताए । आगामी दिनमा नगर भित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाले योजना बनाएको मेयर महर्जनले जानकारी दिए । महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने मुख्य खम्बाको रुपमा स्काउटले भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा आवश्यक कोठा उपलब्ध गराउने जानकारी दिईन । साथै आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत अधिकारीले गरिन ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख एंव नगर स्काउटका सदस्य सचिव देविप्रसाद पौडेलले स्काउटको अधिकार स्थानीय तहमा आएसँगै नगरभित्रका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा स्काउट पुर्याउने पहिलो प्राथमिकता पुरा गर्न आफू क्रियाशिल बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा पत्रकार सन्जाल इजोनका पुर्व अध्यक्ष ईश्वरराज ढकाल, अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारीले गोदावरी नगरपालिकाले स्काउटलाई प्राथमिकता दिएकोमा धन्यवाद दिदै नगरकमिटिको सफलताको कामना गरेका थिए । सामुदायिक विद्यालयहरुमा स्काउट अत्यन्तै कमजोर रहेको भन्दै उनीहरुले वृत्ति विकास र विस्तारमा स्थानीय तहले भुमिका खेल्नुपर्ने बताएका थिए । स्काउटले कोरोना महामारिबाट ज्यान गुमाएकाको शब व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा अतुलनीय योगदान दिएको स्मरण गराएका थिए ।

कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष ,गोदावरी शिक्षक महासंघ , प्याब्सन , विभिन्न नगरपालिकाका स्काउट संयोजक, रोभर रेन्जर लगायतको उपस्थिति रहेको थियो । राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनसंगै स्वयंसेवा र विपद व्यवस्थापनको क्षेत्रमा परोपकारको काम गर्दै आएको नेपाल स्काउटको योगदान र अधिकार पनि स्थानीय तहसम्मै विस्तार भएको छ । स्काउटको विकासका लागि गोदावरीले चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्