Techie IT
Mission Khabar

सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश पाएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश दिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार डीआईजीको चार वर्षे कार्यकाल पूरा गरेर उनले गत असार ८ गते अनिवार्य अवकाश पाएको भएपनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा डीआईजीको कार्यकाल थप एक वर्ष कार्यकाल थप्न सकिने कानूनी प्रावधान नियमावलीमा भएको र सोहीअनुसार श्रेष्ठको पदावधि थप्नसकिने अन्तरिम आदेशमा भनिएको छ । कार्यकाल थप नगरिएपछि डीआईजी श्रेष्ठले यही साउन ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्