Techie IT
Mission Khabar

बागमती प्रदेशका केही स्थानमा भारी वर्षा, देशभर मनसुनी बद्लाब


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशका एक÷दुई स्थानमा भारी बर्षा हुने जानकारी दिएको छ ।

महाशाखाले शनिबार पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । आज बिहानैदेखी देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको पाइएको छ । मनसुनी वायुको प्रभावले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको पनि महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव कायमै रहेकाले पहाडी भूभाग र नदीतटिय क्षेत्रहरुमा विशेष सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गर्दै आएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्