Techie IT
Mission Khabar

नेपाल आइपुग्यो थप १८ लाख भेरोसेल खोप, साउन १० गतेबाट लगाइने


काठमाडौं । चीनबाट पछिल्लो दुई दिनमा १८ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ । बिहिबार १० लाख डोज र शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले नेपाल ल्याएको हो ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले पछिल्लो पटक शुक्रबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको जानकारी दिनुभयो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः आज बेइजिङ जानेछ । आज जाने विमान आइतबार दिउँसो खोप ल्याएर स्वदेश फर्किने छ । चीनको साइनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोपलाई निगमको जहाजले चरणबद्ध रुपमा ढुवानी गर्दै आएको छ । अघिल्लो साता १० लाख डोज खोप ल्याइएसँगै सुरु भएको खोप अभियानले निरन्तरता पाउँदैआएको छ । चीनले थप १७ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ ।

अहिले अमेरिकाले कोभ्याक्स सुविधा मार्फत अनुदानमा दिएको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप शरणार्थी, सारिरिक दुर्बलता भएकाहरु, बैदेशिक रोजगारीमा जान चाहानेहरु र १६ बर्षभन्दा माथिकालाई लगाइदैछ । साउन १० गतेबाट चीनबाट ल्याइएको भेरोसेल खोप अभियान पुनः सुरु हुने बताइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्