Techie IT
Mission Khabar

काठमाडौंमा दैनिक ज्यालादारी गर्ने श्रमिकको पारिश्रमिक बढ्यो, कस्को कति पुग्यो ?


काठमाडौं । काठमाडौंमा दैनिक ज्यालादारी गर्ने श्रमिकको पारिश्रमिक बढेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समिति बैठकले आर्थिक वर्ष २०७८\७९ को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धार्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएको हो ।

यो निर्णयसँगै दैनिक ज्यालादारी गर्ने श्रमिकको पारिश्रमिक यसअघि ७ सय ५० रहेकोमा ५ प्रतिशत बढाएर दैनिक ७ सय ९० पुगेको छ । समितिले फोहोर ढल सफा गर्ने श्रमिकको दैनिक पारिश्रमिक १ हजार एक सय २५ पुर्याइएको छ । दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मीसहित प्लम्बर, ढुंगा र काठमा बुट्टा काट्ने साधारण मुर्तिकार, चित्रकार र आर्टिस्टको दैनिक पारिश्रमिक पनि ५० रूपैयाँ बढाइएको छ । यसैगरी सामान लोड गर्ने कामदारको हकमा १ सय केजीको यसअघि २१ रूपैयाँ ५० रहेकोमा बढाएर २३ पुर्याइएको छ ।

अब दैनिक ज्यालादारी गर्ने सबै प्रकृतिका श्रमिकको पारिश्रमिकमा ५ प्रतिशतले बृद्धी हुने भएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्