Techie IT
Mission Khabar

पसिनाको दुर्गन्धले हैरान हुनुहुन्छ, यसरी कम गर्नुहोस्


काठमाडौं । पसिना आउनु प्राकृतिक प्रक्रिया नै हो । तर गर्मीयाममा भने आम समस्या बन्छ, पसिना र यसबाट आउने दुर्गन्ध । धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको दुर्गन्ध निक्कै कडा हुन्छ । त्यस्ता व्यक्तिहरुको नजिक हुदा धेरैले कष्टदायक अनुभव गर्ने गरेका हुन्छ ।

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्दछ । दुर्गन्धबाट बच्न शरीरको सफाइ सबैभन्दा महत्वपूर्ण हुन्छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, बोसो, अम्ल र नुन बाहिर आउने भएकाले धेरै मात्रामा पसिना आउँदा दुर्गन्ध बढ्छ । पसिना निस्केर सुकेपछि छालामा युरिया र नुन जस्तो पदार्थ यत्तिकै रहिरहन्छ । यही तत्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्ध बढाउने गरेको पाइएको छ । यस्तो विकार तत्वहरु छालाबाट तुरुन्त नहटेमा रोगको कारण पनि बन्न सक्छ ।

कसरी कम गर्ने त पसिनाको दुर्गन्ध ?
दुर्गन्धित पसिनाको समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउने गर्नुपर्दछ । यस्तै, दिनहुँ दुई पटक (बिहान र बेलुका) नुहाउनाले पनि ब्याक्टेरियाको प्रकोप घटाउन मद्दत पुग्छ । पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउदा बढी लाभदायक हुन्छ । यो बाहेक दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदल्नाले समेत पसिनाको दुर्गन्ध कम गर्न सकिन्छ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । यस्तै गर्मीयाममा सुती कपडाको प्रयोगले समेत दुर्गन्ध कम गर्न मद्दत मिल्छ । श्रोत विभिन्न एजेन्सी


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्