Techie IT
Mission Khabar

फेरी उकालो लाग्दै कोरोना संक्रमण, शनिबार थपिए ३११४ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय २५ जनाको पीसीआर र चार हजार दुई सय ८५ जनाको एन्टिजेन गरी १४ हजार नौ सय १० परीक्षणबाट ३ हजार १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संक्रमण कुल परीक्षणको झण्डै २१ प्रतिशत हो ।

काठमाडौंमा बढ्दै संक्रमित
केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ६१५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा पछिल्लो समय बढ्दै गएर दैनिक ६ नाघेको हो । शनिबार काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३३ हजार दुई सय ६० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ९७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । थप १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ । हाल नेपालमा कोरोनाका २७ हजार ७ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्