Techie IT
Mission Khabar

सेवा सुविधा कटौँतीको बिरोधमा काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित


काठमाडौं । सेवा सुविधा कटौँती गरिएको बिरोधमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै कर्मचारिहरु आन्दोलनमा उत्रिएका हुन् ।

अहिलेको व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् । सोमबार केही कर्मचारीलाई अस्पताल प्रवेशमा नै रोक लगाएपछि गेटमै धर्ना दिएर नाराबाजी गरिएको छ । परीक्षण काल पूरा गरेका कर्मचारीलाई डेढ वर्षपछि स्वतः स्थायी गर्नुपर्नेमा नगरेको, कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिइएपछि आन्दोलित हुनुपरेको कर्मचारीले जानकारी दिएका छन् ।

व्यवसायी डा. सुनील शर्माले काठमाडौं मेडिकल कलेज खरिद गरेपछि कर्मचारीको सुविधा खोसिएको आन्दोलनरत कर्मचारीले आरोप लगाउँदैआएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्