Techie IT
Mission Khabar

मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा सत्तारुढ गठबन्धन, आकांक्षी धेरै हुँदा ढिलाई


काठमाडौं । सरकार गठनको दुई साता बित्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको आरोप प्रधानमन्त्री शेरबहादुर देउवाले झेल्नु परेको छ । सत्तारूढ गठबन्धनका दल र सिंगो गठबन्धनले आन्तरिक छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने भनेपनि निर्णयमा पुग्न सकेका छैनन । यद्यपी गठबन्धनका दल र नेताहरु भने सरकारलाई पूर्णता दिन भन्दै छलफलमा जुटिरहेका छन् ।

गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन नसकिरहेको समयमा नेताहरु छलफल छन् । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि आज गठबन्धनको बैठक बस्दैछ । जसपाको आधाकारिकता विवाद टुंगिए पनि नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने नजाने अन्यौल छ। नेता नेपालले पार्टीभित्रको विवाद हल हुने अपेक्षासहित सरकारमा जानेनजाने बारे गठबन्धनमा खुलस्त भन्न सकेका छैनन भने देउवा र प्रचण्ड नेपालसमूहसहितका नेतालाई सरकारमा सहभमागि गराउने गृहकार्य गरिरहेका छन् । उनीहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन् ।

मन्त्रीका आकांक्षीहरु धेरै हुँदा समेत गठबन्धनका दलहरु सरकारलाई पूर्णता दिन असफल बनिरहेका छन् । जुन कुरा केही दिन अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै खुलाशा गरेका थिए । सत्तारुढ गठबन्धनको आजको बैठकले सरकारलाई पूुर्णता दिन्छ वा किस्ता किस्तामा विस्तार गर्नेगरि केही मन्त्रीहरु थपिन्छन, आम चासो यसैमा छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्