Techie IT
Mission Khabar

चार प्रदेशमा ‘भारी’ वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन अपिल


काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसममा बदली देखिन थालेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ । मनसुनी सक्रियताको यो क्रम शनिबारसम्म नै कायम रहने आँकलन गरिएको छ ।

महाशाखाले पहाडी क्षेत्रमा पहिरो र नदीतटिय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्