Techie IT
Mission Khabar

थपिए देशभर ३१०६ जना कोरोेना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ७७५ जना


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनाको पीसीआर परिक्षणबाट २ हजार २८० र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणबाट ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ९१६ जनाले कोरोना जित्दा २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमण पुष्टि भएकामध्ये ६ लाख ९५ हजार ३८९ निको भएका छन् भने ९ हजार ८५७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५६ हजार ७३९ जनालाई संक्रमण पुष्टि भएको छ ।काठमाडौं उपत्यकामा मात्रै ७७५ जनालाई संक्रमण पछिल्लो २४ घण्टामा काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । ७०६ जना आइसियु र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्