Techie IT
Mission Khabar

द भ्वाइस अफ नेपाल सिजन ३ का यी हुन चार उत्कृष्ट प्रतिभा, आउने शनिबार ग्राण्ड फिनाले


काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरुको छिनोफानो भएको छ । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन् ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराज बाहिरिएका छन् । टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गर्दा बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ बाटैं टुंगिएको छ । टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गर्दा काठमाडौका सोनाम शेर्पा बाहिरिएका छन् । टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा पुगेका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय लिइएको जनाइएको छ । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत दिइएको थियो ।

शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि हात पार्नेछन् । यतिबेला सबैको चासो कस्ले उपाधिमाथी बाजी मार्ला भन्नेमा छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्