Techie IT
Mission Khabar

राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता एक महिनाका लागि भारतले गर्ने


एजेन्सी,न्यूयोर्क । राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार आजबाट भारतले सम्हालेको छ । आलोपालो प्रणालीअनुसार भारतले अगस्ट महीनाका लागि अध्यक्षको कार्यभार प्राप्त गरेको हो । फ्रान्सको समर्थनमा भारतले समितिको अध्यक्षताको मौका पाएको छ।

भारतले अध्यक्षताको दौरान तीन उच्चस्तरीय बैठक गर्ने तयारी गरेको छ । भारतको अध्यक्षतामा सामुन्द्रीक सुरक्षा, शान्ति स्थापना र आतंकवादजस्ता मूलभूत मुद्दामाथि छलफल हुने बताइएको छ । यस्तै, भारतले शान्ति सैनिकको क्षेत्रमा पनि कार्य गर्ने जनाइएको छ । ९ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समितिको बैठक भर्चुअलरुपमा गर्न सक्ने आँकलन पनि भैरहेको छ । आजदेखि भारतले परिषद् अध्यक्षको रुपमा कामकाज सुरु गर्दैछ ।

यस अवधिभर राष्ट्रसंघका लागि भारतीय राजदूत टीएस तिरिमूर्तिले मिडियालाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जानकारी गराएका छन् । सुुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको दुईवर्षे कार्यकाल २०२१ जनवरी १, मा सुरु भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्