Techie IT
Mission Khabar

१९ जना जिल्ला न्यायाधीशको पदपूर्तिका लागि आवेदन खुला


काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाको मागसहितको विज्ञापन प्रकाशित गरेको हो ।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जना, महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १\१ जनाको विज्ञापन खुलाइएको छ । प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते हुने विज्ञापनमा निर्धारण गरिएको छ । यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयलाई तोकिएको छ ।

आन्तरिक र खुलाका लागि दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । परीक्षा फारम बुझाउने म्याद ३० दिन तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन फारम बुझाउन सकिने समय उपलब्ध गराइएको छ ।

यस्तो छ विज्ञापनको सूचना :


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्