Techie IT
Mission Khabar

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल


काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले आज दिउँसो एसईईको नतिजा प्रकाशन गरेको हो ।

कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको छ । ५ लाख १७ हजार विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशन गरिएको जनाइएको छ । परिक्षार्थीले नतिजा वेबसाइट  www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ncell.axiata.com   मा गएर हेर्न सक्नेछन् । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ ।

वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सकिने भन्दै बोर्डले निकालेको सूचना :

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्