Techie IT
Mission Khabar

कक्षा १२ को परीक्षा स्थगित, उपयुक्त समयमा अर्को सूचना निकालिने


काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेपनि बोर्ड बैठकले यस्तो निर्णय लिनुपरेको छ । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जानकारी दिएको छ । अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा सञ्चालन गरिने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताए । परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब यो अन्यौलता हटेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्