Techie IT
Mission Khabar

बनेश्वरको अनाथ आश्रममा महिनावारी सचेतना कार्यक्रम सम्पन्न


काठमाडौंको बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्रमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लब अफ काठमाडौं उडानको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

समाज केन्द्रमा आश्रय लिएर बसेका किशोरीहरुलाई महिनावारीको समयमा कसरी हेरचाह तथा सरसफाई गर्ने भनेर सिकाइएको क्लबकी अध्यक्ष प्रिती संघानियाले जानकारी दिइन् । महिनावारी महिलाहरुमा हुँने समान्य प्रजनन प्रक्रिया भए पनि किशोर अवस्थामा महिनावारीको समयमा आउने मानसिक तथा शारीरिक समस्याका कारण किशोरीहरुमा नकरात्मक असर नपरोस भनेर क्लबले महिनावारी सचेतना कार्यक्रम गरिएको अध्यक्ष सिंघानियाले बताइन् । कार्यक्रममा सही तरिकाले स्यानिटरी प्याड प्रयोग र विसर्जन गर्न समेत सिकाइएको थियो ।

लियो क्लब अफ काठमाडौं सर्मपणको सहकार्यमा भएको उक्त कार्यक्रममा चित्रकला प्रतियोगिता र केन्द्रमा रहेका बालकालिकालाई भोजन समेत गराइएको थियो । नयाँ नेपाल केन्द्रमा बुबा आमा जेल रहेका तथा अनाथ बालबालिका बस्दै आएका छन । हाल उक्त केन्द्रमा ३५ जना बालबालिका रहेका छन । महिलाहरुका स्वास्थ समस्या तथा समाज सेवाका क्षेत्रमा लाइन्स क्लव अफ काठमाडौं उडान कृयाशिल रहँँदै आएको छ । लाइन्स क्लब अफ काठमाडौं उडानमा महिला सदस्य मात्र रहेका छन् ।


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्