Techie IT
Mission Khabar

रोजगारीका लागि भारत जाने नेपालीहरुको सीमा नाकामा भीडभाड


बाँके । कोरोना संक्रमणको जोखिमका विच पश्चिमी नाकाबाट भारत जाने नेपालीको भीड बढ्न थालेको छ । पछिल्लो समय पश्चिम नेपालको प्रमुख नाका बाँकेको नेपालगञ्ज जमुनाह नाका भएर भारत जाने नेपालीहरुको लर्को लाग्न थालेको हो ।

यसरी भारत जाने मजदुरहरुले नेपालमा रोजगारीको समस्या भएको भन्दै घर खर्च चलाउन तथा परिवार पाल्नका लागी बाहिरिनुपरेको बताएका छन् । नेपालमा रोजगारीको समस्या भएको भन्दै कोरोना जोखिमका बिच नेपालीहरु भारतका विभिन्न सहरमा जान बाध्य छन् । महिला बालबालिकादेखि, युवासँगै वयस्क पुरुषहरु पनि भारतमा रोजगारीका लागी जाने क्रम बढ्दा नाकामा भिडभाड बढेको छ । रोजगारका लागी सामान्य मजदुर मात्र नभई अपांगता भएका व्यक्तिहरु समेत भारत जान बाध्य भएका छन् । अपांगता भएका व्यक्तिलाई भारत सरकारले विशेष कार्डको व्यवस्था गरेको हुदा बस्न सहज हुने भन्दै भारत जाने गरेको अपांगता भएका नेपालीहरु बताउँछन् । यस्तै रोजगारीको अभावमा नेपालमा बस्न खान समस्या भएको भन्दै द्धेृद्धबृद्धाहरु समेत भारत जाने क्रम बढेको छ ।

कोरोनाको जोखिम भएता पनि रोग भन्दा भोकको समस्या बढी भएकाले बिदेशिन बाध्य भएको बझाङका पृथ्वीबहादुर सिंहले बताए । कोरोना महामारीमा रोजगारी गुमाएका नेपालीहरुलाई नेपाल सरकारले स्वदेशमै कुनै रोजगारीको व्यबस्था गर्न सकेको छैन । जसका कारण माहामारीको जोखिमका विच भारत जाने नेपालीहरुको संख्या दिनहुँ बढ्न थालेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्