Techie IT
Mission Khabar

बुधबारदेखी मनसुन पुन: सक्रिय हुने, यी हुन जोखिमका क्षेत्रहरु


काठमाडौं । केही कमजोर बनेको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बुधबार (भोलि) देखि बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको दिएको हो ।

यसको प्रभावका कारण बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको मौसमविदले जानकारी दिएका छन् । बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको आँकलन गरिएको छ । यस्तै शुक्रबार तथा शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष मनसुन बुलेटिन नै जारी गरेको छ ।

यस्तै, मौसमविद् तथा महाशाखाले बुधबारदेखी मनसुन सक्रिय रहँदासम्म पहाडी जिल्ला तथा नदी तटिय क्षेत्रमा विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्