Techie IT
Mission Khabar

जलवायु परिवर्तनको असार : जुलाई महिनामा १ सय ४२ वर्षयताकै उच्च गर्मी


काठमाडौं, एजेन्सी । सन् २०२१ को जुलाई महिना १ सय ४२ वर्षयताकै सबैभन्दा गर्मी महिना बनेको छ । अमेरिकाको संघीय वैज्ञानिक तथा नियामक निकायका अनुसार गएको जुलाई महिना पृथ्वीमा अहिलेसम्मकै उच्च गर्मीको महिनाका रुपमा दर्ता भएको हो ।

पृथ्वीको सतह र समुद्री सतहको समग्र तापक्रम २० औ शताब्दीको औषत तापक्रम १५.८ डिग्रिसेल्सियस भन्दा ०.९३ डिग्रिसेल्सियस बढी पाइएको छ । विश्वव्यापि तापक्रमको तथ्यांक १४२ वर्षपहिलेदेखि राख्न थालेको पाइएको छ । यसअघि सन् २०१६ को जुलाईमा उच्च तापक्रम मापन भएको थियो । सन् २०१९ र २०२० जुलाईमा पनि त्यहि तह (सन् २०१६ को जस्तै) तापक्रम मापन भएको थियो ।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभावका कारण तापक्रम बढ्दै
विज्ञहरुले तापक्रमको अस्वभाविक बृद्धीमा जलवायु परिवर्तनको दिर्घकालिन प्रभाव देखिएको बताएका छन् । अमेरिकाको नेशनल ओसनिक एण्ड एट्मोस्फियरिक एड्मिनिस्ट्रेसन (एनओएए) ले वक्तव्य जारी गरेर तापक्रममा आएको अविश्वशनीय अन्तर वा बढावा गम्भीर चासो र चिन्ताको विषय रहेको उल्लेख गरेको छ । तापक्रममा आएको बढोत्तरी र नयाँ रेकर्डले जलवायु परिवर्तनको विनाशकारी मार्गमा थप समस्या बढाउने उल्लेख छ ।

यो वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा ०.०१ डिग्रिसेल्सियसले बढि पाइएको छ । उत्तरी गोलार्धमा औषत तापक्रम यसअघि सन् २०१२ मा मापन गरिए भन्दा समग्रमा १.५४ डिग्रिसेल्सियस उच्च देखिएको छ । यस्तै यो वर्षको जुलाईमा नामाकरण गरिएका समुद्री आँधीको संख्या पनि विगतको भन्दा धेरै देखिएको एनओएएले जानकारी गराएको छ । तथ्यांक अनुसार एसियामा यो वर्षको जुलाई अहिलेसम्मकै गर्मी मापन भएको छ । यस्तै युरोपमा यो वर्षको जुलाई अहिलेसम्मको दोस्रो गर्मी जुलाई महिनामा भएको छ । उत्तर अमेरिकामा भने यो वर्षको जुलाई तथ्यांक राख्न थालिए यताको छैटौँ गर्मी जुलाईमा मापन गरिएको छ । जुलाईको गर्मीका आधारमा अस्ट्रेलिया चौथो तथा न्यजिल्याण्डमा छैटौँ स्थानमा रहेका छन् । यो वर्षको जुलाई महिनाको गर्मी सूचिमा अफ्रिकामा सातौँ तथा दक्षिण अफ्रिका १० औँ नम्बरमा रहेका छन् ।

जुलाई महिनामा कुनदेशको तापक्रम कति ?
यसवर्षको जुलाई महिनामा सबैभन्दा बढी गर्मी कुवेतको नवासिवमा ५३.२ डिग्री पुगेको छ । इराकमा जुलाई महिनामा ५२.६ डिग्री तापक्रम पुगेको छ । इरानमा ५१ डिग्री, पाकिस्तानको सिन्धप्रान्त ज्याकोवावाद ५२ डिग्री तापक्रम मापन गरिएको छ । गल्फ देशहरुमा प्रया ४० डिग्रीभन्दा माथि तापक्रम पुग्ने गरेको छ । जस्तै, दुवई, ओमन र साउदी अरबमा पनि यो वर्ष ५० डिग्री तापक्रम पुगेको छ । क्यानडामा पनि जुलाई महिनामा उच्च तापक्रम मापन गरिएको छ । क्यानडाको लिटनकोे तापक्रम ४९ डिग्री पुगेको छ । अमेरिकाको पोर्टल्याण्डमा पनि ४६.६ डिग्री तापक्रम मापन गरिएको छ । अमेरिकामा यसभन्दा पहिला १९६५ मा ४१.६ डिग्री तापक्रम मापन गरिएको थियो । भारतको नयाँ दिल्लीको जुलाई १ तारिकमा तापक्रम ४३ डिग्री पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्