Techie IT
Mission Khabar

देशभर मनसुन सक्रिय, यी क्षेत्रमा बिहीबारसम्म ‘भारी वर्षा’ को सम्भावना


काठमाडौं । अहिले घाम लागेको काठमाडौं उपत्यकामा दिउँसो पछि भने हल्कादेखि मध्यमखालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् मिनकुमार अर्यालले आज राति काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जानकारी दिए ।

मनसुन सक्रिय नै रहेकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती प्रदेश, प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै, राति लुम्बिनीसहित वाग्मती प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम पानी पर्ने मौसमविद्ले बताएका छन् । बिहीबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा नदीतटिय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र ०१ गते मंगलबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०२ गते बुधबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०३ गते बिहीबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्