Techie IT
Mission Khabar

अफगानिस्तानबाट अहिलेसम्म २८२ नेपाली काठमाडौं आइपुगे


काठमाडौं । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो । कुवेतबाट जजिरा एयरवेजको चार्टर्ड जहाज मार्फत काठमाडौं आएकाहरुलाई नेपाली सेनाको साथमा पठाइएको बताइएको छ । उद्धार गरेर ल्याइएका नेपालीहरु अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्ड रहेका छन् । अमेरिकाले आफ्नो खर्चमा उद्दार उडानमार्फत नेपालीलाई काठमाडौं ल्याएको थियो भने कामदारलाई स्वागत गर्न एयरपोर्टमा अमेरिकी दूतावासका कूटनीतिज्ञहरु पुगेका थिए ।

काबुलबाट कतार र कुवेत हुँदै नेपाल आइपुगेकाहरुले ‘हामीलाई दूतावासले सुरक्षित तरिकाले राखेको थियो, कुनै समस्या भएन,’ भन्दै, ‘अरु पनि काबुलमा रहेका धेरै नेपाली दाजुभाइहरूको सुरक्षा र उद्धारमा ध्यान दिन सरकारसँग माग गरे । त्रिभुवन विमानस्थबाट बाहिरिने क्रममा अधिकांश नेपालीहरू मलिन अनुहारमा देखिएका थिए । अफगानिस्तानबाट उद्दार गरि मंगलबार ल्याइएका ११८ जना नेपालीलाई सामाखुशिस्थित राधास्वामी आइसोलेसन सेन्टरमा राखिने भएको छ । उनीहरुको आजै पीसीआर परीक्षण गरिने डीसीसीएमसी काठमाडौं संयोजक तथा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उद्दार उडान मार्फत आएका अन्य नेपालीलाई पनि आइसोलेसनमा राख्ने तयारी भैरहेको छ ।

साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आज आएकासहित जोड्दा अफगानिस्तानबाट फर्केकाहरुको संख्या २८२ पुगेको छ ।

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्