Techie IT
Mission Khabar

चीनबाट धमाधम आउँदै कोरोना विरुद्धको खोप, निरन्तर खोप अभियान


काठमाडौं । आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । भोलि अर्थात शुक्रबार थप ८ लाख डोज खोप आइपुग्दैछ । खरिद गरिएको ६० लाख डोजमध्ये ८ लाख गएराति १२ बजे काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल आएको खोपलाई विमानस्थल र टेकुको भण्डारण कक्षमा राखिएको छ । बाँकी ४४ लाख डोज अगस्टको अन्तिम साता आउने बताइएको छ । जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोजमध्ये बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आउने भएको छ । खरिद प्रक्रियाबाट र कोभ्याक्स सुविधा मार्फ खोप आउने क्रमले तिब्रता पाउँदा नेपालमा खोप अभियानले निरन्तरता पाउँदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्