Techie IT
Mission Khabar

एमाले विभाजन भएसँगै सरकार विस्तारको गृहकार्य, छलफलमा देउवा, प्रचण्ड र नेपाल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल गठबन्धन सरकार विस्तारसँगै पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षासहितको छलफलमा जुटेका छन् ।

देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल अघि बढाएका हुन् । बुधबार नेपालको अध्यक्षतामा नयाँ दल दर्ताको निवेदन परेको थियो । सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले र जसपा फुटाउन सहज बनाइदिएका थिए । ती दल फुटेलगत्तै गठबन्धनका नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।

नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने, केही समयपछि नेपाल समूहलाई सहभागि गराउने भन्ने विषयमा समेत छलफल भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्