Techie IT
Mission Khabar

शुक्रबारसम्मै झरी, यी स्थानमा ठूलो वर्षासँगै जोखिमको पूर्वानुमान


काठमाडौं । आज चार प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका हुन् ।

यस्तै, राति प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । बुधबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ । मनसुन थप सक्रिय रहेकाले बुधबारदेखी शुक्रबारसम्म नै देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको बताइएको छ । बिहिबार र शुक्रबार मनसुनी वायुको प्रभाव स्वरुप देशका धेरै स्थानमा झरी पर्ने र पहाडी तथा नदीतटिय क्षेत्रमा जोखिमको संभावना औल्याइएको छ ।

मौसमविदहरुले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको अनि नदीनाला र खहरे खोलामा पानीको सतह बढेर बाढी र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्