Techie IT
Mission Khabar

माधवकुमार नेपालको नवगठित पार्टीले सार्वजनिक गर्यो १० बुँदे घोषणापत्र (पूर्णपाठसहित)


काठमाडौं । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो १० बुँदे घोषणापत्र जारी गरेको छ । सोमबारदेखि चन्द्रागिरिमा जारी केन्द्रीय कमिटी बैठकले मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने गरि पार्टीको १० बुँदे स्थापना घोषणा पत्र जारी गरेको हो ।

माधव नेपालले यसअघि नेकपा एमालेमा हुँदा अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई छाड्दै वैज्ञानिक जनवादलाई अवलम्बन गरेका छन् । मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त रहेको उल्लेख घोषणापत्रमा गरिएको छ । पार्टीले माक्र्सवादको सिर्जनात्मक प्रयोगलाई जोड दिएको छ । यस्तै, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा पार्टी अग्रसर हुने बताइएको छ । घोषणपत्रमा नेपाल कम्युनिष्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने भनिएको छ ।

यस्तो छ १० बुँदे घोषणा पत्र :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्