Techie IT
Mission Khabar

देशभर मनसुनी बद्लाब, यी स्थानमा झरीसँगै जोखिम


काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरेसँगै देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनी वर्षाको योक्रम अझ केहीदिन जारी रहने मौसमविद्ले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाले न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३/४ दिन नै पानी पर्ने आँकलन गरेको हो ।

मौसमविद् मञ्जु बासीले नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने बताइन् । आज वागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने बताइएको छ । बिहिबार र शुक्रबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

केही दिन मनसुनी वर्षा जारी रहने र वागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै पहाडी क्षेत्रमा


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्