Techie IT
Mission Khabar

यी हुन एमाले फुटाउन माधवकुमार नेपाललाई सघाउने सांसदहरु


काठमाडौं । नेकपा एमाले भित्रको अन्तरकलह अन्तत पार्टी विभाजन हुने अवस्थामा परिणत भएको छ । पार्टीभित्र अन्तरकलह बढ्दा अध्यक्ष केपीशर्मा ओलीमाथी आक्रामक देखिएका दोश्रो तहका अधिकांश नेता अहिले पार्टी विभाजन हुँदा माधबकुमार नेपालको साथ छाडेर एमालेमै फर्किएका छन् । अधिकांश तेश्रो तहका नेताहरुको साथमा नेपालले पार्टी विभाजन गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको एकलौटी अघि बढ्ने प्रबृत्तिबाट उत्पन्न बिवादले एमालेलाई बिभाजित गराउँदा पार्टी भित्र दोश्रो तहमा रहेका आफूलाई प्रभावशालि दाबी गर्ने युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्राई, गोकर्ण बिष्ट लगायतका कतिपय नेताहरुले माधव नेपालको साथ छाडेर एमाले र सूर्य चिन्हको मोहले ओलीपथमै सहभागि हुँदा संघीय संसदका ३३ सांसदले माधवकुमार नेपाललाई साथ दिएका छन् । राष्ट्रियसभाका ७ र प्रतिनिधिसभाका २३ जना सांसदले सनाखत गर्दा निर्वाचन आयोग पुगेर समेत निवेदन दर्ताका क्रममा नाम नभएकाले थप ३ जना सांसदले सनाखत गर्न पाएनन् ।

यी हुन नेकपा एकिकृत समाजवादीमा खुलेका सांसदहरु
१ माधवकुमार नेपाल

२ मुकुन्द न्यौपाने

३ कल्याणीकुमारी खड्का

४ विरोध खतिवडा

५ जीवनराम श्रेष्ठ

६ रामकुमारी झाँक्री

७ निरादेवी जैरु

८ प्रेमबहादुर आले

९ मेटमणि चौधरी

१० सरला यादव

११ भवानी खापुङ

१२ पुष्पाकुमारी कर्ण कायस्थ

१३ समिना हुसेन

१४ कृष्णलाल महर्जन

१५ कृष्णकुमार श्रेष्ठ

१६ कलिला खातुन

१७ हिराभन्द्र केसी

१८ धनबहादुर बुढा

१९ गोपालबहादुर बम

२० पार्वतीकुमारी विशुंके

२१ लक्ष्मी चौधरी

२२ विना बुढाथोकी

२३ झलनाथ खनाल

राष्ट्रिय सभा

२४ बेदुराम भुसाल

२५ शेरबहादुर कुँवर

२६ ठगेन्द्रप्रकाश पुरी

२७ उदया शर्मा

२८ सिंगबहादुर विश्वकर्मा

२९ नन्दा चपाइँ

३० शान्तिकुमारी अधिकारी जिसी

सनाखत गर्न नपाएकाहरु

१ सोमप्रसाद पाण्डे

२ माया ज्ञवाली

३ शारदादेवी भट्ट


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्