Techie IT
Mission Khabar

कर नतिर्ने ठूला करदातालाई दबाब दिन काठमाडौं महानगरको पञ्चैबाजा अभियान


काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन पञ्चैबाजा अभियानलाई तिब्रता दिएको छ । पटक पटकको ताकेताबाट समेत घरजग्गा, सम्पत्तिलगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोलीले बाजागाजासहित घरघरमा पुगेर दबाब बढाउन थालेको हो ।

पहिलो चरणमा महानगरले बुधबार न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका ठाउँमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको छ । अब केही दिन पर्खने र त्यसपछि पनि कर तिर्नेको सङ्ख्या नबढेमा अन्य ठाउँमा समेत पञ्चैबाजा बजाउने महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले आउँदो २४ गतेसम्म कर तिरिसक्न ताकेता गरेको छ । महानगरले २–३ वर्षदेखि २८ वर्षसम्मको घरजग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गर्दैआएको छ । यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।

गएको असार १६ र साउन २४ गते महानगरले ठूला करदातालाई कर दाखिला गर्न ३० दिने सार्वजनिक सूचना निकालेको थियो । तर काठमाडौंका व्यवसायी तथा घरधनीले कर तिर्नुपर्ने दायित्व पुरा नगरेर अटेरी गर्दैआएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्