Techie IT
Mission Khabar

केही औषधिको मूल्य बढाउने गृहकार्यमा औषधि व्यवस्था विभाग


काठमाडौं । औषधि व्यवस्था विभागले औषधिको मूल्य बढाउने गृहकार्य सुरु गरेको छ । औषधि मुल्य अनुगमन समितिसँगको बैठकमा औषधिको मूल्य बढाउनेबारे आजबाट छलफल सुरु भएको हो ।

बैठकमा औषधिहरुको मूल्यमा परिमार्जन, संशोधन, मूल्य निर्धारण कार्यविधि तथा मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुनेछ । विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएर छलफल अघि बढाउँदै छ ।

यसअघि पनि केही औषधीको मूल्य समायोजना भएको थियो । उस्तै कच्चापदार्थ र रोगमा प्रयोग हुने भारतीय औषधीको तुलनामा कतिपय नेपाली औषधीको मुल्य २ देखी ५ रुपैयासम्म प्रति ट्याबलेट महंगो रहेको छ । तर औषधी व्यवस्था विभागले भने लागत र खर्चका आधारमा मूल्य समयोजन गर्ने भन्दै आथिक प्रभावमा परेर उद्योगीको पक्षमा निर्णय गराएर उपभोक्तामाथी महंगी थोपरेको आरोप लाग्नेगरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्