Techie IT
Mission Khabar

आइतबारसम्मै भारी वर्षाको पूर्वानुमान, शुक्रबार तराईका जिल्लामा र शनिबार पहाडी क्षेत्रमा झरी


काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण भदौ १० देखी १२ गते सम्म तीन दिन भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार, शनिबार र आइतबार तीन दिन देशको तराईसँगै धेरै क्षेत्रमा भारी वर्षा हुने जानकारी गराएको हो ।

विभागका मौसमविद् मिनकुमार अर्यालले शुक्रबार तराईका जिल्लामा भारी बर्षा हुने बताए । शनिबार पहाडका जिल्लाहरुमा भारी बर्षा सँगै पहिरो जान सक्ने भएकाले सचेत रहन मौसमविद्हरुले सुझाएका छन् । लगातारको वर्षासँगै देशको पहाडी क्षेत्रमा पहिरोको जोखिम र तराई क्षेत्रमा बाढी तथा डुबानको जोखिम हुने भन्दै पहाडी तथा नदीतटिय क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्