Techie IT
Mission Khabar

अझै केही दिन झरी, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह


काठमाडौं । अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म नै देशभर पानी पर्ने मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

मौसमविद् प्रतिभा मानन्धरले केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको बताइन । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ सर्ने गरेको भए पनि यस वर्ष केही लामो समय रहेकोले लगातार पानी परिरहेको बताइएको छ । देशका अधिकांश स्थानमा मंगलबार बिहानसम्म नै पानी पर्ने पूर्वानुमान गरिएको छ ।

मंगलवार देशका धेरैजसो ठाउँमा घाम लाग्ने भएपनि मंगलवार रातिदेखी नै फेरि मनसुन सक्रिय भइ केही दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार विशेषगरी प्रदेश १ मा दैनिकजसो बदली र धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिन्छ भने बाँकी प्रदेशमा पनि मौसम बदली भएर सामान्य र मध्ययम देखि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

निरन्तर पानी पर्दा बाढी, पहिरो, डुबान लगायतको समस्या हुने भएकोले पहाडी क्षेत्रमा र नदीतटिय क्षेत्रमा सचेत रहन मौसम पूर्वानूमान् महाशाखाले सबैलाई आग्रह गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्