Techie IT
Mission Khabar

नेपालमा प्राकृतिक विपद्ध : पाँच महिनामा १८३ जनाको मृत्यु, ४४ बेपत्ता


काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार साँझसम्म ९४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार मृत्यु हुनेहरूमा ४८ जना पुरुष, २३ जना महिला, ११ जना बालक र १२ जना बालिका रहेका छन् । बाढी पहिरो र डुबानमा परी यो अवधिमा १ सय १६ जना घाइते भएका छन् ।

बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोमा परेका १ हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ भने उनीहरुलाई तत्कालै उपचारको व्यवस्था मिलाइएको जनाइएको छ । साँढे दुई महिनाको बाढीबाट ३ हजार १ सय ८० वटा घर डुबानमा परेका छन् । ९ सय वटा घर, १ सय ५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ हजार १ सय ३० वटा विपद्को घटनाबाट १ हजार २ सय ९ वटा घर परिवारका ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएका छन् ।

प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरुले सक्रिय रुपमा क्रियाशिल भएको बताइएको छ । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले बिगतदेखी गर्दै आएको छ ।

पाँच महिनामा प्राकृतिक विपद्धबाट १८३ को मृत्यु
देशभर विगत पाँच महिनामा प्राकृति विपद्का घटनामा १८३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख यता शनिबार रातिसम्म देशभर विपद्का १५४१ घटना भएका छन् । ४४ जना बेपत्ता छन् । ४ सय ६ जना घाइते भएका छन् । विपद्का घटनाबाट १ हजार ९ सय ६८ घरपरिवार प्रभावित बनेका छन् । प्राधिकरणका अनुसार यी घटनाबाट ९१ करोड ६२ लाख ८ हजार ३४२ रुपैयाँ बराबरको क्षति भएको छ ।

कुनकुन विपद्धबाट कतिको मृत्यु ?
यो अवधिमा सबैभन्दा धेरै पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ । यस्तै चट्यांमा परी ४२ जनाको, बाढीका कारण ३१ जनाको, सर्पदंशबाट १५ जनाको, जंगली जनावरको आक्रमणमा २० जनाले मृत्यु भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्