Techie IT
Mission Khabar

युवा व्यवसायी कमल सुब्बाले गरे झापाका गरिब, बिपन्न र सडक मानवलाई सहयोग


काठमाडौं । काठमाडौंको चर्चित सेक्युरिटी कम्पनी सेभेन स्टार बोडीगार्ड एण्ड बाउन्सरले झापाका गरिब, बिपन्न एवंम सडक आस्रित मानवका लागी सहयोग प्रदान गरेको छ । मेची महाकाली सफाइ अभियान साथै हाम्रो अभियान नेपाललाई सेभेन स्टार बोडीगार्ड एण्ड बाउन्सरले १०० जोर चप्पल सहयोग गरेको हो ।

सेभेन स्टारले विभिन्न आश्रममा पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गर्दै आएको छ । बृद्धाबृद्धालाई विभिन्न समयमा माछामासुसहित खानाको व्यवस्था समेत सेभेन स्टार बाउन्सर कम्पनीका डाइरेक्टर कमल सुब्बा (सेलिङ) ले गर्दै आएका छन् । कम्पनीले यसअघि पनि विभिन्न संस्थाहरुलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ । सामाजिक कार्यमा क्रियाशिल रहँदैआएको सेक्युरिटी बाउन्सर कम्पनीका डाइरेक्टर कमल सुब्बा (सेलिङ) ले देशमै केही गर्छु भन्ने ३ हजार युवालाई रोजगार प्रदान गर्दै आएको र सातै प्रदेशमा शाखा बिस्तार गर्दै हजारौं युवाहरुलाइ रोजगारी दिने कम्पनीको लक्ष्य रहेको जानकारी दिए ।

युवा व्यवसायी सेलिङले रेस्टुरेन्ट लगायतका विभिन्न व्यवसायमा समेत हात हालेका छन् । स्वदेशमै रोजगार बन्न चाहने युवाहरुलाई जिम गराउनेदेखी रोजगारी उपलब्ध गराउनेसम्मको काम सुब्बाले गर्दैआएका छन् । सेभेन स्टार कम्पनीका सेक्युरिटी गार्डले उच्च तहको सर्भिस दिएको भन्दै प्रशंसा हुनेगरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्