Techie IT
Mission Khabar

मनसुन अझै सक्रिय, चार प्रदेशमा आजपनि भारी वर्षाको सम्भावना


काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेका कारण आज पनि देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश–२ का केही स्थानमा भारी वर्षाको आँकलन गरेको हो ।

अहिले पनि केही स्थानमा वर्षा भैरहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले अन्य स्थानमा वर्षाको सम्भावना कम रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । देशका अरु ठाउँमा आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना भने कायमै रहेको बताइएको छ ।

आज राति समेत वाग्मती, गण्डकी, कर्णाली र प्रदेश–२ का केही ठाउँमा सामान्यदेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्