Techie IT
Mission Khabar

भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित


काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण भारतसँगको खेलमा जित हात पार्न सकेन । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे पनि सिंगो टिमले हार रोक्न सकेन ।

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो । तुलनात्मक रूपमा पहिलो खेल भन्दा आइतबारको प्रदर्शन राम्रो लयमा देखिएको थियो । गोलका अवसर पनि धेरै सिर्जना गरेको नेपाल फिनिसिङमा भने सफल हुन सकेन ।

पहिलो हाफमा भारतलाई बल पोसेसन होल्ड गर्न नदिएको र इन्टरसेप्सनलाई मुख्य हतियार बनाएको नेपालले गोलका लागि थुप्रै अवसर सिर्जना गरेपनि जाली चुमाउन सकेन । भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्